• ६ चैत २०८०, मङ्गलबार

पोखराका नवनिर्वाचित प्रमुख आचार्यलाई २४ घण्टे स्पष्टीकरण

blog

सन्तोष सुवेदी

कास्की, जेठ १४ गते । निर्वाचन आयोगले पोखराका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचार्यले निर्वाचित कार्यालयको बदनियतका कारण ठूलो संख्यामा मत बदर भएको बताउनुभएको थियो । आचार्यले विजयी -यालीलाई सम्बोधन गर्दै ‘निर्वाचन कार्यालयले धेरै बदनियत गरेको बताउनुभएको थियो । 

उहाँले भन्भुभएको थियो, “‘सुरुमा जसको उम्मेदवार हुँदैन । त्यसको चुनाव चिन्ह राखिदैन भन्यो, हामीले यसैगरी चुनाव प्रचार ग-यौं । तर, उम्मेदवार नहुने ठाउँमा चुनाव चिन्ह हटेन । ठूलो संख्यामा मत बदर भयो” आचार्यले मत बदर नभएको भए आफू २७ हजार र गठबन्धनकी उम्मेदवार कोपिला १६ हजार बढी मतले बिजयी हुने बताउनुभएको थियो । 

विवादास्पद अभिव्यक्ति दिएपछि आचार्यलाई आयोगले २४ घण्टो स्पष्टीकरण सोधेको हो । आयोगले के कति कारणले अभिव्यक्ति दिनुभएको हो ? निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिन्ह करी राखिन्छ भन्ने जानकारी छ, छैन भन्दै पत्र काटेको छ ।

पत्रमा लेखिएको छ, “स्थानीय तह निर्वाचन ऐन, २०७३ समेतका प्रचलित निर्वाचन कानुनअनुरुप सम्पन्न भइ अन्तिम मत परिणाम प्रकाशन हुने चरणमा रहेको स्थानीय तह निर्वाचन २०७९ को निष्पक्षता र विश्वसनियता माथि प्रश्न उठाउनु पर्ने कारण के हो र ? यो पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र आयोगमा प्राप्त हुनेगरी लिखित जवाफ पेश गर्नुहुनु निर्णअुनसार सूचित गरिन्छ ।”