कला क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध -मन्त्री अमात्य

Dipak chandra amatyaकाठमाडौँ, पुस १८ गते । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको पाँचौँ प्राज्ञसभा प्रतिष्ठानको भावी नीति र कार्यक्रमबारे छलफल गर्न आज बैठक बसेको छ । प्राज्ञसभाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपक अमात्यले कला क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको र त्यसका लागि विशेष योजना बनाएर अगाडि बढ्ने योजना रहेको बताउनुभयो ।देशलाई विश्वमा चिनाउने एक महत्वपूर्ण माध्यम कला विधा भएको भन्दै उहाँले यसको विकासमा सरकारी तथा निजी क्षेत्र दुवैले मिलेर अगाडि बढ्नुपर्ने जरुरी छ भन्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कलाकार, कलासम्बन्धी काम गर्ने संस्था सबै मिलेर यस क्षेत्रको विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले प्राज्ञसभाले प्रतिष्ठानको भावी नीति र कार्यक्रमबारे छलफल गर्ने जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना