• ६ चैत २०८०, मङ्गलबार

बेंगलोर आइपीएलको क्वालिफायरमा

blog

लखनउलाई हराएपछि बेंगलोरका खेलाडी । तस्बिर : क्रिकिइन्फो

काठमाडौं, जेठ १२ गते । रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कोलकाता स्थित इडेन गार्डेन मैदानमा बुधबार राति भएको एलिमिनेटर राउन्डमा बेंगलोरले लखनउ सुपर जायन्ट्सलाई १४ रनले हरायो । क्लालिफायरमा बेंगलोरले राजस्थान रोयल्ससँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । 

जितको लागि २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको लखनय निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९३ रनमा समेटिएको थियो । लखनउका लागि कप्तान लोकेश राहुलले सर्वाधिक ७९ रन बनाए पनि टोलीको हार टरेन । दीपक हुडाले ४५, मनान बोहरा १९ र दुसमान्ता चामेराले ११ रनब नाउनुभयो । बलिङमा बेंगलोरका जोश हेजलवुडले तीन विकेट लिनुभयो । मोहम्मद शिराज, वानिन्दु हसरंगा र हर्षल पटेलले एक एक विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २ सय ७ रन बनाएको थियो । बेंगलोरका राजत पाटिदारले शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५४ बलमा १२ चौका र सात छक्काको सहयोगमा अविजित १ सय १२ रन बनाउनुभयो । दिनेश कात्तिकले ३७, ओपनर विराट कोहलीले २५, महिपाल रोमरोरले १४ रन बनाउनुभयो । बलिङमा लखनउका मोहसिन खान, क्रुनाल पान्ड्या, रवि विश्रोई र आवेश खानले एक एक विकेट लिनुभयो ।