बुद्ध मावलीमा पहिलो महोत्सव हुने

रुपन्देही, पुस १८ गते । शान्तिका अग्रदुत गौतमबुद्धको मावली रुपन्देहीको देवदहमा पहिलोपटक राष्ट्रिय औद्योगिक ब्यापार मेला,कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । 

उद्योग ब्यापार संगठन देवदह शाखा र उद्योग ब्यापार संगठन रुपन्देहीको संयुक्त आयोजनामा देवदह नगरपालिकाको वडा नं ६ पानबारीमा आगामी फागुन १ गतेदेखि १० गतेसम्म महोत्सव हुन लागेको हो ।
ं स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण र ब्यापार विविधिकरण नारासहित हुन लागेको महोत्सवमा औद्योगिक उत्पादन,कृषिजन्य,हस्तकला,घरेलु तथा कुटिर उद्योग,होटल तथा रेष्टुरेन्ट र पर्यटन सम्बन्धी १ सय ५० स्टल रहने आयोजक उद्योग ब्यापार संगठन देवदहका अध्यक्ष गोबिन्द ठडराईले जानकारी दिनुभयो ।
१० दिनसम्म चल्ने ब्यापार मेला ६० हजार दर्शकले अवलोकन गर्ने र ३ करोड रुपैयांको आर्थिक कारोबार हुने लक्ष्य रहेको अध्यक्ष ठडराईले बताउनुभयो । ‘देवदह क्षेत्र कृषि,दुध उत्पादन,अर्गानिक तरकारी र बंगुर पालनमा रुपन्देहीकै अग्रणी क्षेत्र भएकाले स्थानीय किसान र उद्योगी व्यवसायीका उत्पादनको बजारीकरणसंगै किसानलाई प्रोत्साहनका लागि पहिलोपटक ब्यापार मेला आयोजना गरिएको हो’ –अध्यक्ष ठडराईले भन्नुभयो, ‘देवदह क्षेत्र बुद्धको मावली भएको र यहांका पाकरीबृक्ष, भवानीपुर,बैरीमाई,कन्यामाई,खयरडांडा,दह लगायतका पर्यटकीय,पुरातात्विक र सांस्कृतिक महत्वका स्थानको उचित प्रचारप्रसार गर्नु पनि मेलाको उद्देश्य हो ।’
महोत्सवमा लोक संस्कृतिको जगेर्नाका लागि लोक दोहोरी,देवदह महोत्सव आइडल,देवदह डान्सिङ स्टार,विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितासंगै राष्ट्रिय कलाकारहरुको प्रस्तुति,बाल उद्यान,पिङ आदि पनि रहने उद्योग ब्यापार संगठनका सचिव मेघराज ढकालले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय पर्यटकीय स्थानसंगै अर्गानिक तरकारीका लागि प्रसिद्ध देवदहको शरनबारीको भ्रमणका लागि टुर प्याकेजको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । महोत्सवको सहआयोजकमा देवदह नगरपालिका र जिल्ला विकास समिति रुपन्देही रहेका छन् । महोत्सव सम्पन्न गर्न ४५ लाख रुपैया खर्च अनुमान गरिएको छ भने टिकट विक्रिको आम्दानीबाट ५ प्रतिश्त रकम पाकरी बृक्ष संरक्षणमा खर्च गरिने अध्यक्ष ठडराईले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना