• ६ चैत २०८०, मङ्गलबार

आफ्नो उत्पादन आफ्नै व्यापार

‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने

blog

तस्बिर : शेखर चौलागाई/केशब गुरुङ

काठमाडौं,  जेठ १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विपन्न घर परिवारको पहिचान गरी राष्ट्रिय परिचय पत्र प्रदान गरिने बताउनुभएको छ । उहाँले आगामी वर्ष ९० किलोमिटर तटबन्धन निर्माण गरिने बताउनुभयो ।

सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपतिले ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने छ भन्नुभयो ।

राष्ट्रिय निकुन्ज छेउछाउ र नदी किनाराका बासिन्दा लक्षित कार्यक्रम ल्याइनेछ । यस वर्षको ३२५ किमी कालो पत्रे र एक सय पुलको निर्माण भएको छ ।

विकास आयोजनाका लागि जग्गा आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई सहज बनाउन र तोकिएका उद्योगहरुका लागि हदबन्दीको सीमा पुनरावलोकन गर्न कानूनी सुधार गरिने छ ।

सबै प्रकारका राष्ट्रिय सम्पत्तिको संरक्षण गरिने छ । उद्योगमैत्री वातावरणको निर्माण गरी निजी क्षेत्रलाई उद्योगमा लगानी गर्न प्रोत्साहित गरिनेछ । साथै उद्योगमैत्री वातावरणको निर्माण गरी निजी क्षेत्रलाई उद्योगमा लगानी गर्न प्रोत्साहित गरिने छ ।

विकास आयोजनाका लागि जग्गा आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई सहज बनाउन र तोकिएका उद्योगहरुका लागि हदबन्दीको सीमा पुनरावलोकन गर्न कानूनी सुधार गरिने छ ।

‘आफ्नो उत्पादन आफ्नै व्यापार’ अभियान कार्यक्रम सञ्चालन गरिने छ भने सार्वजनिक निकायको खरीदमा स्वदेशी वस्तुको हिस्सा बढाउँदै लैजाने सरकारको नीति रहेको छ ।

जियोलोजिकल म्यापिङ गरी खनिज ग्यास तथा पेट्रोलियम पदार्थको अन्वेषण, प्रशोधन, उत्पादन र संरक्षण गरिनेछ ।

सरकारले स्वादेशमा नै भ्याक्सिन उत्पादन गर्ने नीति ल्याउने भएको छ । राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नीति तथा कार्यक्रम नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम २०७९ प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले विदेशी लगानी आकर्षण गर्न उद्योग, वाणिज्य र कम्पनी प्रणालीलाई व्यवस्थित बनाइने छ ।

सार्वजनिक निकायको खरीदमा स्वदेशी वस्तुको हिस्सा बढाउँदै लैजाने नीति सरकारको छ ।