• ६ चैत २०८०, मङ्गलबार

निर्वाचन आचारसंहिता आजदेखि लागू नरहने : आयोग

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १० गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि २०७८ चैत २५ गतेदेखि लागू रहेको निर्वाचन आचारसंहिता आज मङ्गलबारदेखि फुकुवा भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।

आयोगको परामर्शमा नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७८/१०/२४ गते स्थानीय तह सदस्य निर्वाचन संवत् २०७९ वैशाख ३० गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचन मिति तोकिएकोमा निर्वाचन सम्पन्न भई अन्तिम परिणाम आउने क्रममा रहेकाले आचारसंहिता लागू नरहने आयोगले निर्णय गरेको जनाएको छ ।

“निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी भएको निर्वाचन आचारसंहिता, २०७८ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७८/१२/२५ गतेदेखि मुलुकभर लागू उक्त आचारसंहिता मिति २०७९/०२/१० गतेदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ” प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।