• ६ चैत २०८०, मङ्गलबार

“नगरवासीलाई अनुभूति हुने गरी काम गर्छु ” : भीमेश्वर नगरपिता मानन्धर

blog

भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर

बाबुराम शर्मा

चरीकोट, जेठ १० गते । दोलखाको सदरमुकामस्थितको भीमेश्वर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख ईश्वरनारायण मानन्धरले नगरवासीलाई अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । 

चुनावी घोषणपत्रमा गरिएका सङ्कल्पभन्दा अझ बढी नगर विकासका काम हुने बताउँदै उहाँले भन्नु भयो, ‘‘नेपाली काँग्रेसको प्रतिनिधित्व गरी निर्वाचनबाट जिते पनि अब आपूm नगरका सबै दल र नगरवासीको प्रमुख भएर काम गर्नेछु । नगरवासीबाट लिँदै आएको कर घटाउँदै करको दायरा बढाउने मेरो पहिलो एजेन्डा हुनेछ । भ्रष्टाचार शून्य बनाउँदै नगरवासीका हितका काम सञ्चालन गरिनेछ ।’’ 

कृषि तथा पशुपालन जीवनको प्रमुख आधार, निःशुल्क स्वास्थ्य उपचार–नगरवासीको नैसर्गिक अधिकामर, गुणस्तरीय शिक्षा–आजको आवश्यकता, संस्कृति र पर्यटन–जीवनस्तर उकास्ने प्रमुख धन, श्रम, रोजगार र सामाजिक सुरक्षा–नागरिकको आवश्यकता, युवा तथा खेलकुद–स्वास्थ्य समाजको प्रमुख आधार उहाँको सङकल्पपत्रमा उल्लेख छ । 

त्यसैगरी सङकल्पपत्रमा खानेपानी सरसफाइ र सिँचाइ–विकासका प्रमुख आधार, भौतिक पूर्वाधार, यातायात तथा सडक–विकासका प्रमुख आधार, उद्योग वाणिज्य–रोजगारीका अवसर, जलस्रोत–हाम्रो प्राकृतिक स्रोत र सूचना तथा सञ्चार प्रविधि–समाजको द्रुतगति उल्लेख छ । 

पूरा नहुने योजना र सपनाका चाङले नगरवासी वाक्कदिक्क भइसकेका छन् । उहाँले भन्नुभयो, म नगरवासीलाई ब्युँताउन पनि आएको हो । नगर निर्माणमा जनप्रतिनिधि र नगरवासी सँगसँगै रहने छौँ । नगरमा हामीले देखिराखेका छौँ । ठूला खाले पूर्वाधार बन्यो भनियो तर बजेट अभावले अपूरा र अलपत्र रहेका छन् । यस्ता खाले विकासले सुशासन, पारदर्शिता र जबाफदेहितामा गैरजिम्मेवारीको बढोत्तरी हुन पुगेको छ । 

पाँच वर्षमा भएका आर्थिक दुरुपयोग र भ्रष्टाचारको छानबिन गरी सत्य तथ्य नगरवासीसामु ल्याउनेमा प्रतिवद्ध छौँ । उहाँले भन्नुभयो, ‘पाँच वर्षको अवधिमा काम गर्दा नगरवासीलाई धोका दिने छैन । मेरो स्थानीय सरकार मेरै लागि काम लाग्छ, मेरो भलो, मेरै स्थानीय सरकारले गर्छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।’