बर्सेनि रु. २० अर्वको औषधि खपत

काठमाडौँ, असोज ९ गते । औषधि व्यवसायीले दर्ता नभएका औषधि पसलको अनुगमन गरी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल औषधि व्यवसायी सङ्घको रजत जयन्तीका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उनीहरूले सङ्घसँग आवद्ध काठमाडाँैमा एक हजार छ सय औषधि पसल भएकोमा दर्ता नभएका औषधि पसलको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको बताए ।

नेपालभरि छरिएर रहेका झण्डै २८ हजार औषधि पसलबाट वार्षिक रु. २० अर्बभन्दा बढीको औषधिको कारोबार हुने गरेको जानकारी गराइयो ।

नेपालमा बिक्री भइरहेका ९० प्रतिशत औषधि भारतमा भन्दा सस्तो रहेको उनीहरूको दाबी छ ।

नेपालमा हालै आएको विध्वंसकारी भूकम्पका समयमा पनि बिरामी र भूकम्पपीडितलाई सङ्घले औषधिको अभाव हुन नदिएको हालै भारतले गरेको नाकाबन्दी र मधेसमा चलिरहेको ५० दिन लामो बन्दका कारण देशमा औषधि आपूर्तिको समस्या उत्पन्न भएको बताइयो ।

रजत जयन्ती समारोहको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री खगराज अधिकारीले उपभोक्तासम्म पुग्नुपर्ने औषधिजस्तो संवेदनशील वस्तुमा औषधि व्यवसायी, उत्पादक तथा वितरक गम्भीर हुनुपर्ने औँल्याउँदै हाम्रो सामूहिक प्रयासबाट मात्र गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी सफल हुनेछाँै भन्नुभयो ।

वाणिज्य विभागका महानिर्देशक शम्भूप्रसाद कोइरालाले भारतबाट औषधि बोकेको ट्रक हिँड्न नसकेको कारण ४२ दिनदेखि औषधिको आपूर्ति हुन नसकिरहेको बताउँदै यो असहज स्थितिलाई सरकार, औषधि व्यवसायी तथा उपभोक्ता सबै मिलेर पार लगाउनुपर्नेमा जोडदिनुभयो ।

सङ्घका केन्द्रीय अध्यक्ष मृगेन्द्रबहादुर श्रेष्ठले नेपालमा बर्सेनि रु. २० अर्वको औषधि खपत हुने गरेको जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना