प्रधानमन्त्री टीकापुर घटनाको छलफलमा

Sushil daiधनगढी, असोज ९ गते । प्रधानमन्त्री सुशील कोइराला गत भदौ ७ गते भएको हिंसात्मक घटनाको वस्तु स्थिति बुझ्न आज टीकापुर पुग्नुभएको छ । प्रधानमन्त्रीका साथमा नेपाली सेना र नेपाल प्रहरीका प्रमुख, गृह सचिवलगायत सम्मिलित हुनुहुन्छ । प्रधानमन्त्रीले अहिले स्थानीय सुरक्षा निकायका प्रमुखसँग सुरक्षाको व्यवस्थापनका साथै टीकापुर घटना र घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गरिरहनुभएको जिल्ला प्रहरी प्रमुख विक्रमबहादुर चन्दले बताउनुभयो ।

यसपछि प्रधानमन्त्रीको टोलीले स्थानीय राजनीतिक दलका कार्यकर्ताका साथै थारु समुदायका अगुवासँग छलफल गर्ने कार्यक्रम छ । टीकापुरमा भएको थरुहटको प्रदर्शनका क्रममा आठ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

घटनालगत्तैबाट स्थानीय प्रशासनले टीकापुर नगरक्षेत्रसहित आसपासका क्षेत्रमामा लगातार निषेधाज्ञा लगाउनाका साथै निषेधित क्षेत्र घोषणा गरेको छ । सो क्षेत्रलाई घटनापछि दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरिएकामा दुई दिनअघि मात्रै दङ्गाग्रस्त क्षेत्र हटाइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना