चुरेको छाति फोरेर सरकारले प्राकृतिक विपत्ति ननिम्त्याउने- मन्त्री आचार्य

Mahesh Acharya banmantriहरिप्रसाद कोइराला उर्लाबारी पुस १७ गते । बन तथा भु—संरक्षण मन्त्री महेश आचार्यले चुरे क्षेत्रमा बस्ने पचास हजार मानिसको भाग्य र भविष्य जोखिममा राखेर खानी उद्योग संचालन गर्न नदिने बताउनुभएको छ । बिहीवार मोरङको पथरीमा जिल्ला वन कार्यलय मोरङले चारवटा सामुदायिक बन समुदायलाई हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले भाविपुस्तालाई मरुभुमिमा राख्ने इच्छा सरकारको नभएको बताउदै चुरेको छाति फोरेर सरकारले प्राकृतिक विपत्ति ननिम्त्याउने उल्लेख गर्नुभयो । तर सरकारले चुरे संरक्षणको नाममा गोली गठ्ठा सहितको सेना पुलिस जंगलमा नछिराउने बताउनुभयो । चुरेको संरक्षण गर्न नसके पानीको मुहान सुक्ने,सिमसारहरु मासिने,पहिरो र बाढीप्रकोप बढ्ने मन्त्री आचार्यको भनाई छ । बनको सुरक्षामा सरकाले स्थानीय समुदायलाई नै सहभागि गराउदै आएको उल्लेख गर्दै उहाँले कुल बनको एकतिहाई हिस्सा समुदायलाई हस्तान्तरण गरिसकेको जानकारी गराउनुभयो । कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्रि आचार्यले २०१५ सालमा नै विपीले चुनावी घोषणा पत्रमा बनको इन्तजाम गाउँलेबाट हुने कुरा उल्लेख गरेको स्मरण गर्दै सामुदायिक वन ऐन पनि २०४८ मा कांग्रेस सरकारले नै ल्याएको बताउनुभयो ।
धार्मिक र साँस्कृतिक रुपमा बनसँग मानिसको सम्बन्ध रहेको बताउदै मन्त्री आचार्यले वनको वैज्ञानिक उपयोगितामा जोड दिनुभयो ।
उहाँले भनाई छ,वन समुदायले उपभोग गर्ने हो र संरक्षणको जिम्मा पनि समुदायकै हुनुपर्छ । अर्को एक फरक प्रशंगमा मन्त्री आचार्यले सरकार वाहिरका दलहरुसँग संविधान जारीका विषयमा मतान्तरहरु साँघुरिदै गएको उल्लेख गर्नुभयो ।
उहाँले जातजातिको नाममा प्रदेश भाग लगाउदा समस्याको समाधान नहुने जिकिर गर्दै ऐतिहासिक थातथलोको रक्षा गर्न सके पहिचानको मुद्धा मुखरित हुने प्रष्ट पार्नुभयो ।
विपक्षीदलहरुको पनि चित्त बुझाउने गरि नियमावलिमा के कस्तो संसोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भईरहेको मन्त्री आचार्यको भनाई थियो ।
पूर्वाञ्चल क्षेत्रीय वननिर्देशनालयका प्रमुख प्रकाशनाथ प्याकुरेलको सभापतित्वमा भएको वनहस्तान्तरण कार्यक्रममा सभासद डिगबहादुर लिम्बू,सामुदायिक वन महासंघ मोरङका अध्यक्ष अग्नि पौडेल लगायतका वक्ताले बोल्नुभएको थियो ।
यसअघि मन्त्रि आचार्यले पथरी क्षेत्रका हरियाली,मनकामना ,पशुपति सामुदायिक उपभोक्ता वन समुह र केराबारी ९ को गरमझोडा सामुदायिक वन उपभोक्ता समुहको वनकार्ययोजना सहित प्रमाणपत्र समुदायलाई हस्तान्तरण गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना