• ६ चैत २०८०, मङ्गलबार

विर्तामोड नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

blog

लीलाराज खड्का 
विर्तामोड, जेठ ६ गते। झापाको विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा  (एमाले)का उम्मेद्वार विजयी भएका छन्। नगर प्रमुखमा पवित्रा महतारा (प्रसाईं) र  उपमेयरमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित  हुनुभएको हो। 

शुक्रबार दिउँसो  सम्पन्न मतगणनामा विर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतले पराजित गर्नुभयो। प्रसाईंले १६ हजार ५ सय २० मत प्राप्त गर्नुभयो। महतराको  निकटतम प्रतिद्वन्द्वी  सिटौलाले १२ हजार ७ सय ६२ मत  प्राप्त गर्नुभयो। महतरा यसअघि विर्तामोड नगरपालिकाको उपमेयर हुनुहुन्थ्यो। यो जितसगै झापाका १५ पालिका मध्ये महतरा  एकमात्रै  महिला  पालिका प्रमुख बन्नुभएको छ। 

उपमेयरमा निर्वाचित संग्रौलाले प्रतिद्वन्द्वी  गठबन्दनबाट माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार १ सय ३५ मतान्तरले पराजित गर्नुभयो। संग्रौलाले १५ हजार ५ सय ८६ मत पाए भने कडरियाले ८ हजार ४ सय ५१ मत प्राप्त गर्नुभयो। 

सिटौला यसअघि विर्तामोड नगरपालिकाको वडा अध्यक्ष रहनुभएको थियो। विर्तामोड नगरपालिकामा १० वडामध्ये एमालेले १, २, ३, ४, ७ र ९ गरेर ६ वडामा विजयी भएको छ। वडा नम्बर ५, ६ र १० नम्बरमा कांग्रेस विजयी हुँदा राप्रपा वडा नम्बर ८ मा विजयी भएको छ।