• ६ चैत २०८०, मङ्गलबार

राजविराज नगरपालिकामा जसपाको विजय

blog

देवरामप्रसाद यादव
सप्तरी जेठ ६ गते ।
सप्तरीको राजविराज नगरपालिकामा जसपाका उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका छन् ।

जसपाका प्रमुख पदमा उम्मेदवार भिमराज यादवले नौ हजार ३४६ मत प्राप्त गरी विजयी हुनुभएको हो । यादवका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शम्भु यादवले चार हजार ७६६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपप्रमुखमा जसपाकै इसरत प्रविणले छ हजार ९८३ मत ल्याएर विजय हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशिला यादवले चार हजार ३१५ मत प्राप्त गर्नुभएको छ ।

यसैबीच, सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र र उप प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा माओवादी केन्द्रका जयप्रकाश चौधरी र उपप्रमुखमा जसपाका रीताकुमारी चौधरी निर्वाचित हुनुभएको हो ।

प्रमुखमा निर्वाचित जयप्रकाशले पाँच हजार ८८२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका हेमायु हकले पाँच हजार ६७ प्राप्त गर्नुभएको छ । 

त्यस्तै, उपप्रमुखमा निर्वाचित रीताकुमारीले छ हजार २३१ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी यसमिन सुलतान खातुनले तीन हजार २१० मत प्राप्त गर्नुभएको छ ।