मनकामना केबुलकार पोखरा कपको सम्पूर्ण तयारी पूरा


    
    पोखरा,  पुस १६ गते  । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा यही पुस २२ देखि माघ ३ गतेसम्म पोखरा रङ्गशालामा हुन गइरहेको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
    
    प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, विदेशी र स्थानीय गरी १२ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो ।
    
    प्रतियोगिताको विजेता टोलीलाई रु तीन लाख ५५ हजार र ट्रफी, उपविजेता टोलीलाई रु दुई लाख एक हजार ट्रफी तथा अन्य उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने कार्यक्रम छ ।
    
    सो प्रतियोगितामा रु ६२ लाख आम्दानी हुने र रु १२ देखि १५ लाख बचत गर्ने लक्ष्य राखिएको छ ।
    
    सहारा क्लब पोखराले पनि आगामी माघ २० देखि फागुन २ गतेसम्म पोखरा रङ्गशालामा आहा रारा फुटबल प्रतियोगिता गर्ने जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना