• ६ चैत २०८०, मङ्गलबार

पुस्तकालय सहायक छोडेर पालिका अध्यक्षमा विजयी

blog

बारेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित वीरबहादुर गिरी र नरबहादुर गिरी । तस्बिरः सहदेव बस्नेत

जाजरकोट, जेठ ५ गते । भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको पुस्तकालय सहायक पदवाट राजिनामा दिएर राजनितीमा प्रवेस गर्नुभएका वीरबहादुर गिरी गाउँपालिकाको  अध्यक्षमा निर्वाचित हुनुभएको छ ।  जाजरकोटको बारेकोट गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा (एमाले)का वीरबहादुर गिरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

गिरीले गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनु भएका महेन्द्रबहादुर शाहलाई १०९ मतले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षमा निर्वाचित गिरीले तीन हजार ९५४ मत प्राप्त गर्नुभएको छ  । उहाँका निकटतम प्रतिस्पर्धी   शाहले तीन हजार ८४५ मत प्राप्त गर्नु भएको छ ।

यस्तै गरी उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरबहादुर गिरी निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा निर्वाचित गिरीले तीन हजार ६६३ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी एमालेकी गिता सिंहले तीन हजार ४०१ मत प्राप्त गर्नु भएको छ । 

गिरी छ महिना अघि सरकारी जागिर छोडेर राजनितीमा होमिनुभएको थियो । 

Author

सहदेव बस्नेत