वहुमुल्य ७ मुर्तिसहित एक भारतीय नागरिक पशुपतिनगरबाट नियन्त्रणमा

बुद्धवीर राई इलाम, पुस १६ गते । पुरातात्वीक विभागको क्युरियो जाँचपास भएको वहुमुल्य मुर्तिसहित भारत लैजादै गरेको अवस्थामा मङगलबार एक जना भारतीयलाई प्रहरीले पशुपतिनगरबाट नियन्त्रणमा लिएको छ । नेपालबाट भारत लैजादै गरेको अवस्थामा ठूलो परिणामको मुिर्त सहित भारत दार्जीलिङ् लोदुवा २ ग्रामपञ्चायतका ३२ बर्षिय निमा छिरिङलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी निरिक्षक ईश्वर थापाको नेतृवमा खटिएको प्रहरी टोली पशुपतिनगर ४ स्थित चेकजाँचका क्रममा पक्राउ गरिएको हो । पुरातात्वीक विभागको क्युरियो जाँचपास भएको तर भन्सार प्रज्ञापन पत्र नबुझाई अबैध रुपमा भन्सार छलि नेपालबाट भारत लैजाने क्रममा शेर्पालाई पक्रउ गरिएको प्रहरी निरिक्षक थापाले बताउनुभयो ।
शेर्पाको साथबाट दुईलाख मुल्य बराबरको ७ वटा मुर्तिसहित लामालाई पत्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । शेर्पाको साथबाट तामाबाट बनिएको गुरु रिम्पुछेको पहेंलो रंगको ठुलो मुर्ति एक थान, गुरु चरेसिको तामाको ठुलो मुर्ति ८० हजार मुल्यको एक थान, बुद्धको तामाले बनिएको पहेंलो भएको मझौला साइजको १२ हजार मुल्यको मुर्ति एक थान, गुरु रिम्पुक्षछेको तामाकै पहेंलो भएको सानो मुर्ति ५ हजार मुल्यको एक थान मुर्ति फेला पारिएको प्रहरील जनाएाको छ ।
त्यस्तै गुरु चरेसिको शेर्पाकैै सानो ५ हजार मुल्यको मुर्ति एक थान, बुद्धको तामाद्धारा निर्मित पहेंलो भएको मझौला साइजको ५ हजारकै मुर्ति एक थान गरी जम्मा एकलाख ९७ हजारम बरावरको मुर्ति सहित पक्राउ गरि लामालाई आवश्यक कार्वाहीका लागि पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना