• ६ चैत २०८०, मङ्गलबार

जाजरकोटमा दुई पालिकामा काँग्रेस र एक नगरमा माओवादीकाे विजय

blog

वासुदेव शर्मा 

जाजरकोट, जेठ ३ गते । जाजरकोटको नलगाड नगरपालिकाको नगर प्रमुखमा डम्बरबहादुर रावत, कुशे गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार हरिचन्द्र बस्नेत, शिबालय गाउँपालिकामा शेरबहादुर शाही विजय हुनुभएको हो । 

नलगाड नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत विजय हुनु भएको छ । उहाँले ५ हजार ५९९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६२६ मत प्राप्त गर्नु भएको थियो । 

गठबन्धनबाट नगर उपप्रमुखमा नेपाली काँग्रेसका सरिता सिहले ५ हजार ४०६ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेका सुनिता बोहराले ३ हजार ३९३ मत प्राप्त गर्नुभएको थियो । 

उता, कुशे गाउँपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा विजय हुनुभएका बस्नेत पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ४२३  मत प्राप्त गर्नुभयो भने उहाँका निकटम प्रतिद्वन्दी एकीकृत समाजवादीका हमालले ३ हजार १८२ मत प्राप्त गरी पराजित हुनु भएको छ ।

उपाध्यक्षमा नेपाली काँग्रेसबाट देवीका सिंहले ३ हजार ५८७ मत प्राप्त गरि विजय हुनु भएको छ भने उहाँका प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका विकास रोकाया २ हजार नौ सय १८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, शिवालय गाउँपालिकामा विजयी हुनुभएको शेरबहादुर शाहीले ३ हजार ३०३ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्दी नेकपा एमालेका रंगनाथ योगीले २ हजार ७१८ मत प्राप्त गरी पराजित हुनुभयो । 

त्यसैगरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता शाहिले २ हजार ८५९ प्राप्त गरेर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका नैनसरा शाहीले २ हजार ४३९ मत प्राप्त गर्नुभयो । भेरी नगरपालिकाको मत गणना जारी छ ।