विद्यालयमा सुरक्षा

Madhav sharmaमाधव शर्मा

 

नेपालमा विद्यालय तहको शिक्षा बारे निकै बहस हुने गरेको छ । सरकारी विद्यालयमा राम्रो पढाइ नहुने तथा निजीमा आर्थिक अवस्था कमजोर हुनेले पढाउन नसक्ने यर्थाथ हामीसामु छ । सरकारी र सामुदायिक विद्यालयको कमजोर पक्ष प्रवेशिका परीक्षाको नजिताले देखाउँदै आएको छ । निजी विद्यालय शुल्कका नाममा जथाभावी शीर्षकमा पैसा लिन उद्यत हुने प्रवृत्ति पनि कसैबाट छिपेको छैन । विद्यार्थीले पठनपाठनमा हासिल गर्ने उपलब्धिभन्दा पनि अभिभावकको हैसियत अनुसार परीक्षामा नम्बर बढाउने वा घटाउने गरिएको आरोप निजी विद्यालयलाई लाग्ने गरेको छ । सरकारी विद्यालयको कमजोर व्यवस्थापन र निजीको अपारदर्शी क्रियाकलापसँगै विद्यालयमा बालबालिकाहरूको सुरक्षा बारे चर्चा गर्नु पनि उत्तिकै जरुरी छ ।
वैशाख १२ गतेको महाभूकम्पपछि प्रभावित क्षेत्रहरूका विद्यालय तथा कलेज धेरै दिनसम्म बन्द भए । गाउँका सरकारी स्कुल भत्केकाले पढाउनै नहुने भयो । धेरै ठाउँमा अस्थायी टहरा बनाएर पढाइ चालू गरियो । सहर बजारमा रहेका निजी विद्यालय भवन भूकम्पले अलिअलि क्षति भए पनि त्यो क्षतिलाई लुकाइयो । रातारात टालटुल गरियो । संरचना बलियो छ भनी अभिभावकलाई सन्देश दिन क्षति लुकाइयो ।
शनिबार दिउँसो भूकम्प आएकाले ठूलो जनधनको क्षति हुन जोगियो । भूकम्प जानु दुर्भाग्यपूर्ण भए पनि शनिबारको दिन जानु र दिउँसोको समय पर्नुलाई राम्रै मान्नुपर्छ । शनिबार बिदाको दिन बाहेक स्कुल कलेज चलेको भए अकल्पनीय मानवीय क्षति हुनसक्थ्यो । भूकम्पको त्रासदीपूर्ण अवस्थापछि पनि विद्यालय भवनको सुरक्षाप्रति कुनै पनि निकाय संवेदनशील भएको पाइएको छैन । गाउँघरमा रहेका सरकारी विद्यालय चर्केको र आंशिक भत्केको अवस्थामै सञ्चालित छन् । जोखिम अवस्थामा रहेका ती विद्यालय जुनसुकै बेला पनि ढल्न सक्छन् । त्यसैले तिनको वैकल्पिक अवस्था बारे तत्काल कदम चाल्नुपर्ने देखिन्छ ।
निजी विद्यालय भवनको अवस्था सरकारी अर्ध भत्केका भवनभन्दा पनि जोखिमपूर्ण छ । चर्केको ठाँउ पोतिएर लुकाइएको छ । यस्तो अवस्था धेरै दिन राखेर हाम्रा सन्ततिहरूको जीवनसँग खेलबाड गर्नु हुँदैन । यस्ता कामलाई दण्डनीय बनाउनु आवश्यक छ । सबैभन्दा महŒवपूर्ण पक्ष सुरक्षा हो । सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अन्यलाई पछि राख्न सकिन्छ । विद्यालयको पढाइस्तर, तिनका कमी कमजोरी, अभिभावक सताउने काइदा, भौतिक सुविधा, शैक्षिक व्यवस्थापन जस्ता कुरा पछि सुधार गर्न सकिन्छ । विद्यालयको सुरक्षा प्रथम र महŒवपूर्ण हो । यसमा कसैसँग सम्झौता गर्न सकिँदैन । विद्यालयको भौतिक स्तरोन्ति र सुविधा थपभन्दा पनि आपत्कालीन अवस्थामा त्यसको सुरक्षाको प्रबन्ध र व्यवस्थापन मिलाउनु पहिलो आवश्यकता हो । जुन अहिले राजधानीलगायत देशभरका विद्यालयमा छैनन् । काठमाडौँं उपत्यकाका महँगा र नाम चलेका निजी विद्यालयका भवनमा आपत्कालीन सुरक्षा प्रबन्ध गरेको देखिँदैन ।
यस्ता विद्यालयका भवन ४÷५ तला सम्म छन् तर भूकम्प जाने कुरा छोडौँ सामान्य आगलागी भएको अवस्थामा भाग्ने वैकल्पिक भ¥याङ समेत छैन । वैकल्पिक भ¥याङ भए आगो नलागेको तर्फबाट भ¥याङ प्रयोग गर्न सकिन्छ तर यस्तो न्यूनतम सुरक्षाको प्रबन्ध अधिकांश निजी विद्यालयमा देख्न पाइँदैन । कक्षाकोठमा रहेकै अवस्थामा भुइँचालो आयो भने विद्यार्थीको भाग दौडले कस्तो स्थिति निम्त्याउथ्यो ? यस्तो अवस्थामा विद्यालय भवनमा भाग्ने वैकल्पिक भ¥याङ र निकासको कति महŒव हुन्छ, त्यो भनिरहनु नपर्ला । यतिमात्र होइन नाम चलेका निजी विद्यालयमा समेत आगो निभाउने यन्त्र आवश्यक मात्रामा राखिएका छैनन् । ढोका छेउ छाउमा २÷४ वटा राखिएकोलाई पूर्ण मान्न सकिँदैन ।
यसैगरी विद्यालय समयमा अत्यधिक ट्राफिक जाम हुने गरेको छ । विद्यार्थी चढाउने र ओराल्ने स्थान सुरक्षित हुनुपर्छ । साना बालबालिकाले बाटो काट्दा जोखिम मोल्नुपर्ने अवस्था छ । अधिकांश सडकमा जेब्रा क्रसिङ राखिएको पाइँदैन । राखिएका ठाँउमा पनि सबै मेटिएका छन् । देखिने भए पनि अधिकांश सवारी चालकलाई जेब्रा क्रसिङको महŒव थाहा छैन । तसर्थ विद्यालय भवन, विद्यालयका सवारी साधन, खेल मैदान, बाटो काट्ने सडक सबै ठाउँमा साना विद्यार्थीका लागि सुरक्षाको उचित व्यवस्था गर्नुपर्छ । यसलाई एउटा अभियानका रूपमा सञ्चालन गर्नुपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना