• ६ चैत २०८०, मङ्गलबार

छत्रदेव गाउँपालिकामा अध्यक्षमा कांग्रेस उपाध्यक्षमा एमाले विजयी

blog

गणेश खनाल
अर्घाखाँची,जेठ २ गते। अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा मिश्रित परिणाम आएको छ।  नेपाली कांग्रेसका  चन्द्रमान श्रेष्ठ गाउँपालिका अध्यक्ष र नेकपा एमालेका  मनि शर्मा पन्थी उपाध्यक्षमा विजयी हुनुभएको छ। ८ वडा रहेको गाउँपालिकामा ५ मा एमाले र ३ वटा वडा अध्यक्षमा कांग्रेस विजयी  भएको छ। 

यस्तै अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा एमाले विजयी भएको छ। पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा एमालेबाट टेकराज न्यौपानेले ७ हजार ७ सय ४९ मतसहित विजयी हुनुभएको हो। नेपाली कांग्रेसका अच्युत गौतमले ७ हजार २८ मत ल्याएर पराजित हुनुभयो। 

उपाध्यक्ष पदमा पनि एमालेकै नर्मदा पौडेल ७ हजार ६ सय ६१ मतसहित विजयी हुनुभएको छ।  उपाध्यक्ष पदमा कांग्रेसकी लक्ष्मी गौतमले ७ हजार ३८ मत ल्याएर पराजित हुनुभयो।