• ६ चैत २०८०, मङ्गलबार

२४ घण्टामा थप छ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, जेठ २ गते । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५४६ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, १ हजार २३९ जनाको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमणदर शून्य छ ।

२४ घण्टामा नौ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित १३९ जना छन्।