• ६ चैत २०८०, मङ्गलबार

अछामको बान्नीगढी गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

blog

शिवराज ढुङ्गाना 

अछाम। जेठ २ गते। बान्नीगढी जयगढ गाउँपालिकामा काँग्रेस अध्यक्ष र एमाले उपाध्यक्षमा विजयी भएका छन्। सोमबार सार्वजनिक मतपरिणाम अनुसार चार सय ९८ मतान्तरले काँग्रेसका टेकबहादुर साउँद अध्यक्ष पदमा विजयी हुनुभएको हो। 

टेकबहादुरले तीन हजार ११२ मत प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवार लोकबहादुर साउदले दुई हजार ६१४ मत पाउनुभएको छ।  लोकबहादुर बान्नीगढी जयगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुनुहन्छ भने टेकबहादुर २०७४ को प्रदेशसभा निर्वाचनमा अछाम–१ ‘ख’ का प्रत्याशी हुनुहुन्थ्यो। 

उपाध्यक्षमा भने एमालेकी बिन्दु रावल १४ मतको अन्तरमा विजयी हुनुभएको छ। रावलले दुई हजार ७३१ र गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी निर्मला साउदले दुई हजार ७१७ मत ल्याएर पराजित हुनुभएको छ।