• ६ चैत २०८०, मङ्गलबार

काँग्रेस र एमालेको बराबरी मत, परिणाम अस्वीकार गर्दा मतगणना स्थगित

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २ गते । वैशाख ३० गते सम्पन्न निर्वाचनको मत गणनाको क्रममा झापाको गौरीगञ्जमा खसेको मतभन्दा बढी गणनाको क्रममा मतपत्र देखिएको भन्दै विवाद सृजना भएको छ । वडा नं. १ को गणनाको अन्तिम नतिजा सार्वजनिक गर्ने क्रममा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार कार्तिकलाल राजवंशीले विरोध जनाउँदै परिणाम अस्वीकार गर्नुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालय गौरीगन्जले नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार राजवंशी र नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार पर्शुराम काफ्लेको बराबरी मत आएको घोषणा गरेपछि झनै विवाद शुरु भएको छ । निर्वाचान अधिकृतको कार्यालयले दुबैजनाले ११८१/११८१ मत ल्याएको घोषणा गरेको थियो ।

नेकपा एमालेले भने आफुहरुले १२ मतले जितेको वार्डमा हारेपछि नेपाली काँग्रेसले धाँधली भयो भन्दै विरोध जनाएको र निर्वाचन अधिकृतको कार्यालय बराबरी भनेर मत सार्वजनिक गरेको भन्दै विरोध जनाएको छ । दुवै पक्षले मत परिणामलाई अस्वीकार गरेपछि यहाँ तनाव सिर्जना भएको छ ।

गौरीगन्ज गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा लगायतका राजनीतिक दलहरुले एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकाछन् । प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिनुभएको छ ।