• ६ चैत २०८०, मङ्गलबार

लालझाडीमा एमालेका राना निर्वाचित

blog

महेन्द्रनगर,  जेठ २ गते । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल रानाले चार हजार ५१६ मत प्राप्त गरी  निर्वाचित हुनुभएको छ ।

गत शुक्रबार सम्पनन स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गर्नुभएको थियो । यसअघिको निर्वाचनमा माओवादबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)कै उम्मेदवार सपना चौधरी राना निर्वाचित भएका छन् । उहाँले तीन हजार ५६१ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राधा रानाले तीन हजार ४९३ मत पाएका छन् ।

छ वडा रहेको लालझाडीमा कूल एघार हजार ३३५ मत खसेको थियो । उक्त पालिका राना थारु समुदायको बाहुल्यता भएको क्षेत्र पनि हो ।

भीमदत्तमा गणना स्थगित

कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकामा भने आइतबारदेखि मतगणना रोकिएको छ । मत गणनामा धाधली भएको आरोपसहित नेपाली कांग्रेसबाहेकका दलहरु विरोधमा छन् । उनीहरुले भीमदत्त –२ मा भइरहेको मतगण्नामा विषयलाई लिएर पुनः निर्वाचनको माग गरिरहेका छन् ।

भीमदत्त नगरपालिकामा कांग्रेसका उम्मेदवार पदम बोगटी र उपप्रमुखका उम्मेदवार निलम जोशी लेखकले सुरुआतदेखि अग्रता लिएका छन् । 

त्यसैगरी यहाँको बेदकोट, दोधारा चाँदनी, कृष्णपुर नगरपालिकालगायतका पालिकाका कांग्रेसको अग्रता छ भने बेलौरीमा माओवादी र शुक्लाफाँटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । नौ पालिका रहेको जिल्लामा भीमदत्तबाहेकका पालिकामा मतगणना जारी छ ।