• ६ चैत २०८०, मङ्गलबार

गुराँस गाउँपालिकाको अध्यक्षमा एमालेका टोप बिसी विजयी

blog

कमल शर्मा
दैलेख, जेठ २ गते ।
गुराँस गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का टोपबहादुर बिसी विजयी हुनुभएको छ । उहाँले चार हजार ६८१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका खेमराज ओलीले चार हजार ३६६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा नेकपा (एमाले)की शिवा खड्का निर्वाचित हुनुभएको छ । उहाँले चार हजार ६९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी कांग्रेसकी दिपा बिसीले चार हजार ११८ प्राप्त गरी उप विजेता बन्नुभएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा गुराँस गाउँपालिकामा अध्यक्षमा कांग्रेसका खेमराज ओली र उपाध्यक्षमा दिपा बिसी विजयी हुनुभएको थियो ।

गाउँपालिकाको ८ वटा वडाहरुमध्ये ६ वटा एमाले र २ वडामा कांग्रेसले जितेको छ । कांग्रेसबाट वडा नम्बर १ मा धर्मबहादुर रावल र वडा नम्बर २ मा शेरबहादुर रावल वडाध्यक्षमा विजयी भएको छ भने एमालेबाट वडा नम्बर ३ मा काशिराम शर्मा, ४ मा खड्गबहादुर शाही, ५ मा भुपेन्द्रबहादुर चन्द, ६ मा चन्द्रबहादुर राना, ७ मा नन्दबहादुर बिसी र ८ मा दिपेन्द्र ओली वडाध्यक्षमा विजयी भएको छ ।