• ६ चैत २०८०, मङ्गलबार

दमक नगरपालिका र कमल गाँउपालिकाको मत परिणाम सार्वजनिक

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ १ गते । झापाको दमकमा २ वटा वार्डको निर्वाचन मत परिणाम सार्वजनिक भएको छ । दमक १ मा नेकपा एमालेका प्यानल विजयी भएको छ भने दमक २ मा अध्यक्षमा गठबन्धनले जितेको हो ।

दमक १ को वडाध्यक्ष हरी न्यौपाने र २ मा गठबन्धनको तर्फ उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका राजेन्द्र भण्डारी विजय हुनुभएको छ । नगर प्रमुखमा गठबन्धनका उम्मेदवार राप्रपाका राम थापा र उपप्रमुखमा नेपाली काँग्रेसकी रेगिना भट्टराईले अग्रता लिइरहनु भएको छ ।

यसैगरी, झापाको कमल गाँउपालिकामा १ र २ मा गठबन्धनका वडाध्यक्ष उम्मेदवारहरुले विजय हासिल गर्नुभएको छ । कमल १ मा केदार कट्वाल र २ मा नेकपा एकीकृत समाजवादीका अशोक सुब्बा वडाध्यक्षमा विजयी हुनुभएको हाे ।