दुर्घटनामा परी दुईको मृत्यु

परासी, भदौ २६ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा गएराति भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्युभएको छ । गैँडाकोट–११ हर्कपुरमा रोकिराखेको ना४ख ७६२५ नंको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना१८प २९६० नंको मोटरसाइकलमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना