अनुत्तिर्ण विद्यार्थी राज्यसंयन्त्रका लागि चुनौति– प्रधानमन्त्री

Sushil Koirala 1
काठमाडौँ, पुस १४ गते । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशील कोइरालाले अनुत्तीर्ण विद्यार्थीहरु नीति निर्माता र राज्यसंयन्त्रका लागि चुनौति बनेको बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयको सोमबार सम्पन्न ४० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले अधिकांश विद्यार्थी अनुत्तीर्ण हुने गरेको र तिनलाई श्रमबजारमा बेवारिसे छोड्ने गरिएको बताउनुभयो ।
“एसएलसी परीक्षामा ५६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने परिणामले हाम्रो शैक्षिक पद्धतिलाई नै चुनौति दिइरहेको छ । यसको असरबाट उच्च शिक्षा पनि मुक्त छैन” उहाँले भन्नुभयो, “यो चुनौति विद्यालयस्तरका विद्यार्थी र अशिक्षित अभिभावकको मात्र होइन, तिनलाई अध्यापन गर्ने हाम्रा विश्वविद्यालयबाट शिक्षित र दीक्षित शिक्षकहरुको पनि हो ।”
प्रधानमन्त्री कोइरालाले नेपाली विश्वविद्यालयहरु अझै पनि शैक्षिक क्यालेन्डर कार्यान्वयनमा सफल नदेखिएको उल्लेख गर्दै विश्वविद्यालयहरुमा देखिएको सुशासनको अभाव चिन्ताको विषय बन्नपुगेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना