• ६ चैत २०८०, मङ्गलबार

कान्ति बाल अस्पतालले दुई दिन बिदा नदिने

blog

काठमाडौं, वैशाख ३० गते । काठमाडौंको महारागञ्जस्थित कान्ति बाल अस्पतालले दुई दिन बिदा नदिने निर्णय गरेको छ ।

अस्पतालले सूचना जारी गर्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यन्ययन गर्नका लागि आवश्यक गृहकार्य गर्नुपर्ने भएकोले तत्काल बिदा नदिने निर्णय गरेको जनाएको छ । 

अर्को निर्णय नभएसम्म आइतबार अस्पतालको सम्पूर्ण सेवा यथावत् रुपमा नियमित तवरले सञ्चालने सूचनामा उल्लेख गरेको छ ।

यसअघि, प्रदेश अस्पताल सुर्खेतले पनि आइतबार बिदा नदिने निर्णय गरेको थियो 

दुई दिन लगातार अस्पतालको ओपीडी सेवा बन्द हुँदा कर्णाली प्रदेशका विकट जिल्लाबाट स्वास्थ्य सेवा लिन आउने गरिवब निमुखा बिरामीहरुलाई थप आर्थिक भार पर्नुका साथै समयमा नै सेवा लिन कठिनाइ हुने भएकोले यस्तो निर्णय गरेको अस्पतालले जनाएको छ ।

मन्तिपरिषद्को वैशाख १३ गतेको निर्णय अनुसार गृह मन्त्रालयले चैत २६ गते नेपाल राजपत्रको सूचनामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।