युवाहरु स्वदेशमा नै उत्पादन कार्यमा नजुटेसम्म देश विकास असम्भव

 

काठमाडौं, पुस १४ गते । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले युवाहरु स्वदेशमा नै उत्पादन कार्यमा नजुटेसम्म देश विकास हुन नसक्ने बताउनुभएको छ ।
‘विश्व टे«ड यनियन महासंघको ७० वर्ष ’ पुगेको अवसरमा पेशागत महासंघले सोमवार गरेको दुई दिने युवा तालिम कार्यक्रममा उहाँले देशमा जत्तिसुकै राजनीतिक परिवर्तन भए पनि युवाहरु उत्पादनमुखी नहँुदा देश विकास गर्न गाह«ो हुने बताउनुभयो ।
नेपालमा राष्ट्रिय युवा नीति कार्यान्वयमा आउन नसकेको भन्दै उहाँले भन्नुभयो ‘ नेपालमा युवा मन्त्रालय भए पनि युवा केन्द्रित संरचना र कार्यक्रम बन्न सकेको छैन् ।’
वर्तमान नेपालको जनसङ्ख्यालाई हेर्दा ४१ प्रतिशत जनसङ्ख्या युवाहरुको भएको चर्चा गर्दै राज्यले भने ती युवाहरुलाई लक्षित गरी उपयुक्त कार्यक्रम ल्याउन नसकेको स्वीकार गर्नुभयो ।
नयाँ जोश र जाँगर भएका अधिकांश युवाहरु विदेशमा छन् शिक्षा, स्वाथ्य र अधिकारबाट वञ्चित भएका युवाहरु मात्र स्वदेशमा रहँदा देश विकासको गतिमा धेरै पछाडी पुगेको पौडेलको भनाइ छ ।
एक चौथाई युवाहरुले पनि स्वदेशमा संबृद्धिको सपना देख्न नसक्नु बिडम्बना भएको भन्दै उहाँले अबको समय स्वदेशमा नै रोजगारी सृजना गर्ने खालको बन्नुपर्ने बताउनुभयो ।
संविधान निर्माण भएपछि युवा मैत्री वातावरण बन्छ भनेर पर्खेर बस्यो भने युवाहरु पछि पर्ने संकेत गर्दै उहाँले हरेक युवाहरुले आफूले सकेको स्थानबाट राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
विश्व टे«ड युनिएनका महासंघका उपमहासचिव यच महादेवनले मजदुरहरुले सामाजिक सुरक्षा सहित अनिवार्य रुपमा आधारभूत सुविधा पाउनुपर्ने अन्तर्राट्रिय मान्यता भए पनि त्यसो हुन नसकेको बताउनुभयो । उत्पादनमा मजदुरको भूमिका सबै भन्दा बढि हुने भए पनि व्यवहारमा मजदुरको भूमिकालाई गौण राखिन खोजिएको उहाँको भनाइ छ ।
प्रेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम ः उपाध्यक्ष प्रेमलकुमार खनाल, नेपाल टे«ड युनियन महासंघका अध्यक्ष विष्णु रिमाल, नेपाल टे«ड युनियन काँग्रेसका अध्यक्ष खिलनाथ दाहल, नेपाल प्रगतिशिल टे«ड युनियन महासंघका अध्यक्ष तिलक थापा मगर, लगायतले नेपालमा श्रमिकहरुले योग्यता अनुसारको काम र काम अनुसारको ज्याला नपाएको गुनासो गर्नुभयो ।

विश्वमा टे«ड युनियन स्थापना भएको ७० पुगेको अवसमार नेपालमा पनि टे«ड युनियन कर्मीहरुले युवाहरुलाई तालिम प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । दुई दिनेसम्म चल्ल्ने उक्त कार्यक्रममा नेपालमा श्रमिकको अवस्थाका बारेमा छलफल हुनेछ । विभिन्न क्षेत्रका गरि करिब एक सय जना युवाहरुको तालिममा सहभागिता रहने जनाइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना