विराटनगर क्षेत्रीय रक्तसञ्चार केन्द्रमा रगतको अभाव

bloodमोरङ (पथरी), भदौ २४ गते । विराटनगरमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय कार्यालय विराटनगरको ब्लड बैंकमा ए पोजेटिभ, ओ पोजेटिभ, नेगेटिभ, बी पोजेटिभ, एबी पोजेटिभलगायत ग्रुपका रगतको अभाव भएको केन्द्रले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी विराटनगरका अध्यक्ष सुबोधकुमार सिंहले रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले रक्तदाता खोजेर रगत दिने गरेका छौँ ।” रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना