कला संस्कृतिकमार्फत देशमा शान्ति र संविधानको कामना

परासी, भदौ २४ गते । नवलपरासीका कलाकारले आफ्नो कलासंस्कृतिमार्फत देशमा शान्ति र संविधानको कामना गरेका छन् । कलाकारले देशमा सामाजिक सद्भावको समेत कामना गर्दै आफ्नो कलासंस्कृतिमार्फत देशमा ‘हिमाल, मधेस तराई कोही छैनन् पराइ’ भन्ने सन्देश दिन खोजेका छन् । रिबर्थ नेपालद्वारा शान्ति र संविधान विषयमा आयोजित सांस्कृतिक कला प्रदर्शन कार्यक्रममा प्रस्तुत विभिन्न गीतसङ्गीतमार्फत दलका सम्पूर्ण नेतालाई मिलेर सबैको हकअधिकार सुनिश्चित हुने संविधान निर्माण गर्न माग गरेका छन् ।रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना