• ६ चैत २०८०, मङ्गलबार

वालिङमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, उद्धार कार्य जारी

blog

राधाकृष्ण डुम्रे 

वालिङ, वैैशाख ३० गते । स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा परेको छ । वालिङ १४ को अर्खलावासमा  ग २ च ३०२६ दुर्घटनामा परेको हो । मतदानका लागि जाँदै गरेका मतदाताहरु चढेको जीप पर्वत जोड्ने माथिल्लो सडकबाट सडकमा झरेको हो । 

गाडीमा सवार मध्ये १३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले जानकारी दिनुभयो । १० जना घाइतेलाई उपचारका लागि लगिएको प्रहरीको भनाइ छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । 

अहिले उद्धारको कार्य जारी छ । यसबारे थप विवरण भने आउन बाँकी छ । गाडीमा कति जना सवार थिए त्यो भने खुलेको छैन । घाइतेहरुको गह्रौ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लैजाने तयारी भइरहेको प्रहरीको भनाइ छ ।