• ६ चैत २०८०, मङ्गलबार

उम्मेदवारको मृत्युपछि तुलसीपुर–१७ मा जेठ ३ गते निर्वाचन

blog

गोकर्ण पौडेल
तुलसीपुर, वैशाख २८ गते ।
तुलसीपुर उपमहानगरपालिका–१७ मा जेठ ३ गते निर्वाचन हुने भएको छ । नेकपा (एमाले)बाट वडाध्यक्ष पदमा उम्मेदवार दिनुभएका लबरु चौधरीको मृत्यु भएपछि निर्वाचन आयोगले जेठ ३ गते निर्वाचन गर्ने निर्णय गरेको दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

नयाँ कार्यतालिका अनुसार उम्मेदवारी दर्ता वैशाख २८ गते बिहान १० बजेदेखि एक बजेसम्म तोकिएको छ । वडा नम्बर १७ को मतदानपछि मात्रै तुलसीपुर उपमहानगरपालिकाका अन्य १८ वटै वडाको मत गणना गरिने भएको छ । वडाध्यक्ष पदका उम्मेदवारको मृत्यु भएपछि एमालेले लबरुका छोरा प्रदीप चौधरीलाई वडाध्यक्ष पदमा उठाउने भएको छ ।