चन्दले नाटक गरे, पार्टीको अध्यक्ष म नै हुँ ः राप्रपा अध्यक्ष राणा

Pashupati S.Rana-3 

 

भक्तपुर, भदौ २१ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले पार्टीको अध्यक्ष आफू नै रहेको दाबी गर्नुभएको छ ।

रफत सञ्चार क्लबले आज सोमबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै उहाँले पार्टीबाट डेढ वर्षअघि नै अलग भएको लोकेन्द्रबहादुर चन्दले आफू अध्यक्ष भएको घोषणा गर्नु नाटक हो भन्नुभयो ।

राप्रपाको विधानमा अध्यक्षको राजीनामा, मृत्यु, पागल र विशेष साधारणसभाले मात्र अध्यक्षलाई हटाउनसक्ने प्रावधान रहेकाले, चन्दको दाबी पुग्न नसक्ने हुँदा आफँै अध्यक्ष रहेको राणाले दाबी गर्नुभएको हो ।

लोकेन्द्रबहादुर चन्द पक्षले बहुमत रहेको गलत हल्ला र प्रचार गरेको आरोप लगाउँदै उहाँले विधान विपरीत जाने १६ जना केन्द्रीय सदस्यलाई पार्टीले निस्काशन गरेको बताउनुभयो ।

सरकारमा रहेका मन्त्री सुनिलबहादुर थापालाई सरकारबाट फिर्ता बोलाउने बताउँदै अध्यक्ष राणाले यस विषयमा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइसकेको बताउनुभयो ।

त्यस्तै पार्टी विपरीत गएर काम गरेका अन्यलाई समेत केन्द्रीय समितिको बठैकले छिट्टै कारबाही गर्ने उहाँको भनाइ थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना