• ६ चैत २०८०, मङ्गलबार

राम्रो पार्टी र राम्रो नेता छान्न सक्नुहोस्: नेता लिङ्देन

blog


विष्णुप्रसाद पोखरेल

दमक, वैशाख २६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ३० गते हुने स्थानीय तको निर्वाचनमा देशको भलो चिताउनेलाई जिताउन आग्रह गर्नुभएको छ । यो देश बदल्ने अवसर भएको बताउँदै उहाँले यस्तो बताउनुभएको हो ।

झापाको बिर्तामोडमा सोमबार विहान चुनावी सभामा बोल्दै लिङ्देनले जनताले परिवर्तन चाहेकाले त्यो परिवर्तन सम्भव रहेको जनाउनुभयो । 

‘‘राम्रो पार्टी र राम्रो नेता छान्न सक्नुहोस् ।’’ उहाँले भन्नुभयो ।

भोट हाल्नु अघिसम्म नमस्कार गरेको भरमा नेतालाई भोट हालेर जिताइसकेपछि नमस्ते नगर्ने नेतालाई बेलैमा चिन्नुपर्ने धारणा उहाँले राख्नुभयो । 

मतदाताको हातमा मतपत्र र स्वस्तिक छाप परेको समय परिवर्तनकारी कुशल नेतृत्व छान्ने अवसर भएकाले त्यसको सदुपयोग गर्ने जिम्मेवारी स्वयं मतदाताको भएको पनि उहाँले बताउनुभयो ।

झापाका अधिकांश पालिकामा राप्रपा आफू एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न उम्मेद्वारी मनोनयन गरेको छ । राप्रपाका अध्यक्ष लिङ्देन केही दिनयता गृहजिल्लाका विभिन्न स्थानीय तहहरुमा चुनावी सभामा सहभागी ह'Fदै आउनुभएको छ ।