विभिन्न मुलुकका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

 

 

काठमाडौँ, भदौ १६ गते। राष्ट्रपति डा रामवरण यादवसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा आज बुधबार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि फिनल्यान्डका राजदूत जुर्मा सुभान्तो, लाओ प्रजातान्त्रिक गणतन्त्रका राजदूत सुथाम साकोनिनहोम, फिलिपिन्सका राजदूत टेरिस्टा सी डोजा, बहराइनका राजदूत तारिक मुवारक बिन डानिहा, क्यानाडाका राजदूत नदिर पटेल र इटालीका राजदूत इन्जो आङ्गेलोनीले राष्ट्रपतिसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

नेपालका लागि फिनल्यान्डका राजदूत सुभान्तो आवासीय राजदूत हुनुहुन्छ भने अन्य सबै गैरआवासीय हुनुुहुन्छ । उहाँहरु भारतको नयाँदिल्लीमा रहेर नेपालमा समेत सेवा गर्नुहुन्छ ।

समारोहमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, कायममुकायम प्रधानसेनापति राजेन्द्र क्षेत्री, परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका निमित्त सचिव भूपेन्द्रप्रसाद पौड्याललगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । रासस


 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना