वार्ताका लागि सहज वातावरण बन्नुप¥यो ः अध्यक्ष ठाकुर

 


काठमाडौँ, भदौ १६ गते। तराई—मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा० का अध्यक्ष महन्थ ठाकुरले सहज वातावरण बनेको खण्डमा वार्तामा बस्न सकिने जनाउ दिनुभएको छ ।

बिजुलीबजारस्थित आफ्नै कार्यालयमा आज रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उहाँले तराईमा भइरहेको अशान्ति र अराजकस्थिति सामान्य अवस्थामा आए मात्र वार्ताको वातावरण बन्ने बताउनुभयो ।

उहाँले वार्ताका लागि तराईका विभिन्न स्थानमा परिचालन गरिएका सुरक्षा निकाय र निषेधाज्ञा फिर्ता भई, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र घाइतेको निःशुल्क उपचार तथा मृतक परिवारलाई राहत दिने प्रतिबद्धता सरकारका तर्फबाट आउनुपर्ने खाँचो औँल्याउनुभयो ।

“राज्यसँग विगतमा भएका सम्झौता र समझदारी पालना भएको छैन । फेरि अर्को सम्झौता के का लागि रु त्यसैले मधेसीसँग तत्कालीन सरकारले प्रमुखदलसहित गरेका सम्झौता पालना गर्ने प्रतिबद्धता आउनुपर्छ, तब मात्र सहमतिको वातावरण बन्छ,”–उहाँले भन्नुभयो ।  रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना