• ६ चैत २०८०, मङ्गलबार

सबै आन्तरिक उडान बन्द हुने

blog

काठमाडौं, वैशाख २५ गते । वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ ।

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।

सङ्घले आइतबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।