• ६ चैत २०८०, मङ्गलबार

वैशाख ३० गतेकाे निर्वाचनमा कोरोना भाइरसविरुद्धको नियमित खोप सञ्चालन नहुने

blog

काठमाडौं, वैशाख २५ गते । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको नियमित खोप अभियान संचालन नगर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दै स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मतअधिकार प्रयोग गर्नुपर्ने भएकाले निवार्चनको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान संचालन नहुने जानकारी दिएको हो ।

निर्वाचन अघि र पछिका दिनहरुमा खोप केन्द्रहरुमा नियमित खोप अभियान संचालन हुने भएकाले सबैलाई सकेसम्म चाँडो खोप लगाउन मन्त्रालयले विज्ञप्तिमार्फत् जारी गरी आग्रह गरेको छ।

छिमेकी मुलुकहरुमा पछिल्लो दिनहरुमा संक्रमण बढ्दै जाँदा नेपालमा पनि संक्रमण बढ्ने जोखिम भएकाले भिडभाडमा जाँदा सतर्क रहँदै जनस्वास्थ्यका मापदण्ड पालन गर्न मन्त्रालयले आग्रह गरेको छ।