श्यामप्रसाद शर्मा रु. १ को अभियान पुरस्कारबाट पुरस्कृत

काठमाडौं ,  वरिष्ठ लेखक श्यामप्रसाद शर्मा रु. १ को अभियान पुरस्कार , २०७० बाट पुरस्कृत हुनुभएको छ । अभियान साहित्य प्रतिष्ठानले शनिवार यहाँ एक कार्यक्रमको आयोजना गरी साहित्यकार श्यामप्रसाद शर्मा रु. १ को अभियान पुरस्कारबाट पुरस्कृत
काठमाडौं , पुस १२ गते । वरिष्ठ लेखक श्यामप्रसाद शर्मा रु. १ को अभियान पुरस्कार , २०७० बाट पुरस्कृत हुनुभएको छ । अभियान साहित्य प्रतिष्ठानले शनिवार यहाँ एक कार्यक्रमको आयोजना गरी साहित्यकार शर्मालाई पुरस्कृत गरेको हो ।
प्रतिष्ठानको तर्फबाट नाबालकद्धय राघव फ्यूयाल र आस्था ज्ञवालीले साहित्यकार शर्मालाई रु. १ को अभियान पुरस्कार , २०७० प्रदान गर्नुभएको थियो । साथमा ताम्रपत्र र प्रतीक चिन्ह प्रदान गरिएको थियो । प्रतिष्ठानले नौ वर्षमुनिका बालबालिकाको हातबाट सो पुरस्कार गर्दै आएको छ ।
कार्यक्रममा वरिष्ठ निबन्धकार आनन्ददेव भट्टले सो पुरस्कार प्रदान गर्न प्रतिष्ठानले उपयुक्त व्यक्ति छनोट गरेको बताउँदै पुरस्कृत साहित्यकार शर्माले शोषित पीडित जनताको पक्षमा कलम मार्फत जुन उठाउनुभएको छ त्यो कहिल्यै बिर्सन नसकिने बताउनुभयो ।
साहित्यकार शान्ता मानवीले नयाँ पीढिमा अभाव हुँदै गइरहेको निष्ठा र सङ्घर्ष साहित्यकार शर्माबाट सिक्नुपर्ने विषय रहेको बताउनुभयो ।
श्यामप्रसाद शर्माको जीवनमा विद्यावारिधि गर्नुभएका डा. धर्मराज अधिकारीले आफूले अध्ययनको क्रममा पत्रकारिता , साहित्य , राजनीति र समाजसेवामा शर्माको समान योगदान पाएको बताउनुभयो । अधिकारीका अनुसार ,साहित्यकार शर्मा नाटक र उपन्यास बाहेक साहित्यको सबै विद्यामा कलम चलाउनुभएको छ ।
प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति डा. कृष्णप्रसाद घिमिरेले अहिलेको साहित्यिक पुरस्कारमा देखिएको विसङ्गति र विकृति विरुध साङ्केतिक प्रहारको रुपमा रु. १ को यो पुरस्कारको स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ,“ रु. १ को यो पुरस्कार नैतिक निष्ठाको वाङ्मयी पुरस्कार हो ।”
२०५८ सालमा स्थापित यो पुरस्कार साहित्यको क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिलाई हरेक दुई दुई वर्षमा प्रदान गरिने गरिन्छ । यसअघि यो पुरस्कार साहित्यकारहरु दुर्गालाल श्रेष्ठ , शान्तदास मानन्धर , खगेन्द्र सङ्ग्रौला र आनन्ददेव भट्टलाई प्रदान गरिएको थियो ।
शर्मालाई पुरस्कृत गरेको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना