लगातारको बन्दले कपिलवस्तुको जनजीवन पूर्ण प्रभावित

 

 


कपिलवस्तु, भदौ १३ गते। लगातारको बन्दका कारण यस जिल्लाको जनजीवन पूर्ण प्रभावित बनेको छ । अठार दिनसम्मको लामो बन्दका कारण जिल्ला सदरमुकाम तौलिहवामा पेट्रोलियम पदार्थ र ग्यासको पनि अभाव हुन थालेको छ ।

बन्दले गर्दा कृष्णनगर तथा चन्द्रौटा क्षेत्रमा रहेका एक दर्जन बढी उद्योग ठप्प भएका छन् । शिक्षण संस्था बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।

बन्दका कारण सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, पकडीलगायतका ठाउँ पूर्णरुपमा प्रभावित बनेका छन् । आन्दोलनरत मोर्चाका कार्यकर्ताले जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटालगायतका ठाउँमा भने दिनहँुजसो प्रदर्शन गरिरहेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना