राष्ट्रपति र प्रमलाई ब्रह्माकुमारीको रक्षाबन्धन

pm_1 

 

काठमाडौँ, भदौ १२ गते। राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रका निर्देशक राज दिदीले आज शनिबार रक्षाबन्धन गराइदिनुभयो ।

केन्द्रका तर्फबाट राज दिदीले राष्ट्रपति भवन शीतल निवास र प्रधानमन्त्री निवासमा पुगेर उहाँहरुलाई रक्षाबन्धन गराइदिएको केन्द्रले जनाएको छ ।

सो अवसरमा राष्ट्रपति डा यादवले ब्रह्माकुमारी मिसनको आपसी स्नेह, सद्भाव, एकता र भाइचाराको अभियान आगामी दिनमा अझ सशक्त बन्न सकोस् भन्दै वर्तमान परिवेशमा सबै राजनीतिक दलमा आपसी समझदारी, मेलमिलाप तथा सहमति कायम भई संविधान निर्माणले मूर्तता पाओस् भन्ने कामना गर्नुभयो ।

यसैगरी प्रधानमन्त्री कोइरालाले यस पर्वले लडाइँ, भगडा र आपसी वैमनस्यतामा समय खेर पाल्नुभन्दा पनि मुलुकको अखण्डता र मुलुकवासीको सर्वोपरि हितलाई ध्यानमा राखी त्याग र कल्याणको भावनाले संविधान निर्माणमा कामममा सघाउन सबैमा आह्वान गर्नुभयो ।

केन्द्रले उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, उपप्रधानमन्त्रीद्वय, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षकलगायतलाई पनि रक्षाबन्धन प्रदान गरेको छ । केन्द्रले यस वर्ष ५० हजार शुभेच्छुकलाई रक्षाबन्धन पठाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना