• ६ चैत २०८०, मङ्गलबार

सेवासुबिधा नलिने प्रतिबद्वता

blog

जाजरकोट, वैशाख २२ गते । मुगुको छायाँनाथ रारा नगरपालिका प्रमुख पदका उम्मेदवार विष्णुकुमार भामले राज्यबाट कुनै पनि सुविधा नलिने प्रतिबद्धता गर्नुभएको छ । 

नेपाली काँग्रेसको तर्फबाट नगरपालिकाको प्रमुखमा उम्मेदार बन्नुभएका उहाँ नगरप्रमुखमा विजयी गराए नगरबासीको सहयोगका लागि कुनैपनि सेवासुविधा नलिने उहाँले बताउनुभयो । उहाँले आफूले पाउने सेवासुविधाबाट एम्बुलेन्स खरिद गर्ने प्रतिबद्वता गर्नुभएको छ ।  

सेवासुविधाबाट पाँच वर्षसम्मको ६२ लाख रकमले यहाँका जनतालाई सहज , सरल र निःशुल्क रुपमा ३ वटा एम्बुलेन्स को व्यवस्था गर्ने भामले उद्घोष गर्नुभएको हो   । 


Author

हरी एडी