• १३ वैशाख २०८१, बिहिबार

वानीरा प्रज्ञा पुरस्कार कालीप्रसाद रिजाललाई

blog

काठमाडौं, वैशाख २० गते । साहित्यकार डा. वानिरा गिरी प्रज्ञा पुरस्कार कालीप्रसाद रिजाललाई प्रदान गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक समारोहमा समालोचक प्रा.डा.वासुदेव त्रिपाठीले एक लाख राशिको उक्त पुरस्कार रिजाललाई प्रदान गर्नुभएको हो । 

त्यसैगरी उषा शेरचनलाई ५० हजार राशिको वानीरा पुरस्कार र मूर्तिकार महेश तुलाधरलाई २५ हजार राशिको वानीरा कला पुरस्कार प्रदान गरिएको छ ।

प्रा.डा. त्रिपाठीले वानीरा फाउन्डेसन भवनको उद्घाटनसमेत गर्नुभएको छ । उहाँले भवनसँगै गिरीको पूर्ण कदको प्रतिमा  र वानीरा सङ्ग्रहालयको पनि उद्घाटन गर्नुभयो ।