• १६ चैत २०८०, शुक्रबार

विश्व प्रेस स्वतन्त्रतामा नेपालको उल्लेखनीय सुधार

blog

काठमाडौं, वैशाख २० गते । विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालले उल्लेखनीय सुधार गरेको छ । रिपोर्टर्स विदाउट बोर्डर्सले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मङ्गलबार सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क अनुसार १८० देशको सूचीमा नेपाल ७६ औँ स्थानमा छ । गत वर्ष नेपाल १०६ औं स्थानमा थियो । 

सूचकाङ्कले छिमेकी देश भारत गत वर्ष १४२ औं स्थानबाट झरेर १५० औं स्थानमा पुगेको छ । त्यस्तै, पाकिस्तान पनि १५७ औं स्थानमा छ । नर्वे, डेनमार्क र स्वीडेन क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, इस्टोनिया, फिनल्याण्ड, आयरल्याण्ड, पोर्चुगल र कोस्टारिका क्रमशः चौथो, पाँचौं, छैटौं, सातौं र आठौं स्थानमा छन् । 

चीन, सिरिया, इराक, उत्तर कोरिया, इरान, क्युवा र म्यानमार सबैभन्दा कम प्रेस स्वतन्त्रता भएका देशका रूपमा दर्ता भएका छन् । विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कको सन् २०२२ संस्करणले १८० देश र क्षेत्रहरूमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दछ । यसले समाचार र सूचना अराजकताका विनाशकारी प्रभावहरूलाई जोड दिन्छ ।