• ८ वैशाख २०८१, शनिबार

प्रदेश मन्त्री मोक्तानलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण पत्र

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २० गते । निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमति प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगका शाखा अधिकृत प्रकाश घिमिरेद्वारा हस्ताक्षरित स्पष्टीकरणपत्रमा सोको जानकारी दिइएको छ । 

मन्त्री मोक्तान चुनावी प्रचार प्रसारमा निरन्तर खटिएको फोटोसहितको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन तथा सम्प्रेषण भएपछि उहाँलाई त्यसबारेमा के भएको हो आधार प्रमाणसहित आयोगलाई स्पष्ट गर्न अनुरोध गरेको आयोगले जनाएको छ । 

आयोगको पत्रमा भनिएको छ, “तपाई निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड (क) बिपरितको कार्य गरेको देखिँदा तपाईलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम किन कारवाही नगर्ने ? भन्ने विषयमा २४ घण्टाभित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट गरी स्पष्टीकरण दिन हुन आदेशअनुसार अनुरोध गरिन्छ ।” निर्वाचन आयोगले गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।