• १६ चैत २०८०, शुक्रबार

पार्टीको प्रतिवद्धता लिएर जनतामा जानुहोस् : अध्यक्ष ओली

blog

विष्णुप्रसाद पोखरेल
दमक, वैशाख २० गते।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको प्रतिवद्धता लिएर जनतासँग जान निर्देशन दिनुभएको छ। 

मंगलबार झापाको हल्दिबारी गाउँपालिकाको गोल्धापमा भएको निर्वाचन केन्द्रित कार्यक्रममा बोल्दै ओलीले यस्तो बताउनुभएको हो। ‘आफ्ना प्रतिवद्धता लिएर जनतासम्म पुग्नुहोस्। एमालेको नेतृत्वमा मात्रै विकास सम्भव छ’, उहाँले भन्नुभयो। 

ओली गृहजिल्ला झापामा स्थानीय चुनावी सभामा सहभागी हुन पहिलो पटक आउनुभएको हो। ओलीले नागरिकले आफ्नो विवेक प्रयोग गर्ने बताउदै जतिसुकै गठबन्धन गरे पनि त्यसको प्रभाव नपर्ने दाबी गर्नुभयो। कार्यक्रममा पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, झापा इन्चार्ज अग्नि खरेल लगायतले पनि स्थानीय निर्वाचनमा एमालेलाई जनताले विश्वास गर्ने आधार धेरै भएको बताउनुभयो। ओलीले मंगलबारमात्र झापाका विभिन्न चार स्थानमा भएका चुनावी सभा सहभागी बन्नु भएको छ।