• १३ वैशाख २०८१, बिहिबार

तीन दिनदेखि अवरुद्ध सञ्चार सेवा सुुचार

blog

राजन रावल

हुुम्ला, वैशाख २० गते । तीन दिनदेखि अवरुद्ध रहँदै आएको सञ्चार सेवा सुचारु भएको छ । कालिकोट जिल्लाको महावुलेकमा रहेको नेपाल टेलिकमको टावरको मर्मतपछि हुुम्लाको अवरुद्ध सञ्चार सेवा सुचारु भएको हो

टेलिकम हुुम्लाकी प्रमुख रिजिआङ्वुु लामाले टेलिकमका अवरुद्ध सबै सेवा तीन दिनपछि सुचारु भएको बताउनुुभयो । कालिकोटको महावु लेकको टावरमा समस्या आउँदा हुम्लामा गत आइतबारदेखि इन्टरनेट सेवा प्रभावित भएको थियो ।

उहाँले टावरको रेडियो लिङ्कमा नयाँ उपकरण जडानपछि टेलिकमको एडीएसएल, मोवाइन र फोरजी सेवा सुुचारु भएको बताउनुुभयो । रेडियो लिङ्कमा भएको समस्या समाधानको लागि प्राविधिक टोली महाबुलेकमा सोमवार बेलुुका पुुगेको भएपनि मङ्गलबार दिउँसो मात्र मर्मत गरेर सेवा सुुचारु गर्न सफल भएको हो ।

सञ्चार सेवा अवरुद्ध हुुँदा स्थानीय तह निर्वाचनको बारेमा जानकारी लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई कठिन भएको थियो । यसैगरी, महावु लेक नजिकको लेकमा फाइवरमा समस्या आएपछि जिल्लामा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको सेवा पनि तीन दिनपछि सुुचारु भएको छ ।

आइतबार बिहानैबाट आएको इन्टरनेटको समस्याले जिल्लास्थित सबै सरकारी तथा निजी कार्यलय र बैंकहरूको काम ठप्प भएको थियो ।