• १३ वैशाख २०८१, बिहिबार

थप २९ जना सङ्क्रमित, २३ सङ्क्रमण मुक्त

blog

काठमाडौं, वैशाख २० गते । पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५०४ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, एक हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २३ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमित २१७ जना  छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९३ हजार ५४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।