• १६ चैत २०८०, शुक्रबार

ब्रेन्टफोर्डमाथि युनाइटेडको सहज जित

blog

ब्रेन्टफोर्डविरुद्ध बल प्रहार गर्दै युनाइटेडका क्रिस्टियानो रोनाल्डो । एजेन्सी

काठमाडौँ, वैशाख २० गते । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० गोलले हरायो । यस जितसँगै युनाइटेडले युरोपा लिगमा छनोटको सम्भावना बलियो बनाएको छ ।

युनाइेटडको जितमा ब्रुनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो र राफेल भरानेले गोल गर्नुभयो । ब्रुनोले नवौँ मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । रोनाल्डोले ६१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो । जारी सिजन रोनाल्डोको यो १८औँ गोल हो । राफेलले ७२औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई सजिलै जिताउनुभयो । 

पछिल्ला चार खेलमा पहिलो जित निकालेको युनाइटेठ छैटौँ स्थानमा उक्लिएको छ । युनाइटेडको ३६ खेलबाट ५८ अंक पुगेको छ । पराजित ब्रेन्टफोर्ड ४० अंक सहित १४औँ स्थानमा छ । युनाइटेटमाथि पाँचौँ स्थानमा रहेको टोट्टनहाामको ६१ अंक छ । एजेन्सी