• १३ वैशाख २०८१, बिहिबार

शुभकामना (कविता )

blog

पुनम अधिकारी

आमा बुबा पहिलो गुरु, घर हो पहिलो पाठशाला

दोस्रो गुरु स्कुलमा, दस पास गरौँ यसपाला


पढ्न, लेख्न, खेल्न सिकाइ, असल ज्ञानी बनायो

कला, कौशल सीप भर्दै माया गर्न सिकायो 


कक्षा एकका साथी मेरा, छुट्ने भए यसपाला

रमाइलो स्कुल मेरो, मनमुटुमा गुरुआमा 


पढ्न पाउँला, हेर्न पाउँला लेख्न नपाउँला मुनामा

बाईबाई स्कुल बाईबाई मुना, भन्न साहस छैन ममा


राम्रो पढ्नु, राम्रो लेख्नु एसईई दिने सबैलाई शुभकामना

प्रगति गर्नु मेरा साथी, यही नै मेरो कामना, शुभकामना ।।